गोधुली रनिङ कप शुरुः उद्घाटन खेलमा १५ नं. वडा विजयी

दिव्य रोशनी(धरान)/ २२ औं संस्करणको गोधुली फुटबल रनिङ कपको उद्घाटन खेलमा धरानको १५ नं. वडालेविजयी शुरुवात गरेको छ ।
आज शनिवार धरान रंगशालामा भएको उद्घाटन खेलमा धरान १५ नं. वडाले ३ नं. वडालाई ५–१ गोल अन्तरले पराजित गर्दैविजयी शुरुवात गरेको हो। खेलमा धरान–१५ का लागि ११ औं मिनेटमा नगेन्द्र राईले गोल गरेका थिए। त्यस्तै खेलको पहिलो हाफमा बसन्त बानियाले २ गोल थपेभने ३ नं. वडाका दिवस क्षेत्रीले एक गोल गरी पहिलो हाफमा ३–१ को स्थितिमा पु¥याएका थिए ।
खेलको दोस्रो हाफमा १५ नं. वडाकालागी मिलन लिम्बू र सुगम जिमीले एक/ एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच १५ नं. वडाका प्रज्ञान देवान घोषित भए । उनलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरका सञ्चालक कुमार तामाङले नगद १५ सय पुरस्कार प्रदान गरेका थिए। भोली आईतवारको खेल धरान वडा नं. ८ र ४ का बीच हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद ७५ हजार पुरस्कार पाउनेछन्भने शिर्ष आठ टिमले उप–महानगरपालिकाले आयोजना गर्ने स्व. सुवास राई स्मृति सुपर लिगमा सहभागिता जनाउन पाउनेछन्।