तिनदिने “धरान डे” सम्पन्न

दिव्य रोशनी(धरान)/ मंगलवारदेखी शुरु भएको तिनदिने “धरान डे” आजबाट सम्पन्न भएको छ।
धरान स्थापना भएको १ सय २१ औं बर्षको अवसरमा आयोजना गरिएको तीन दिने “धरान डे” आज विहिवार सम्पन्न भएको हो।
“धरान डे” को समापनमा १ नं प्रदेशका सभामुख प्रदिप भण्डारी प्रमुख अतिथी रहेका थिए। उनले तिनदिने धरान डे उत्सवले जातिय एकता, सामाजिक सद्धभाव र नगरवासीमा साझा भावना पलाएको बताए। उनले धरानको विकास निमार्णलाई अझ सुदृढ बनाउन दलहरुलाई राजनीतिक स्वार्थ भन्दा माथि उठेर लाग्नुपर्ने बताए।
यसैगरी कार्यक्रममा नेपाली कांग्रेसमा नगर सभापति श्याम पोखरेल, समाजवादी धरानका अध्यक्ष ताजुव लिम्बु, सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष गिरीधारी सापकोटा लगायतले “धरान डे” ले धरानको विकास निमार्ण र भावी धरान शहरको परिकल्पना गरिनुपर्ने बताएका थिए। धरान डे समापनका अवसरमा रस्सी तान र लोक दोहरीको समेत आयोजना गरिएको थियो। जसमा रस्सि तानमा पुरुष तर्फ झुनाज फिटनेस विजयी र संघिय प्रहरी ईकाई कार्यालय धरान उप विजेता बनेका थिएभने महिला तर्फ संघिय प्रहरी ईकाई कार्यालय धरान विजयी र झुनाज फिटनेस उप विजेता बनेका थिए। विजेता उप विजेताहरुलाई नगर प्रमुख तिलक राईले थप नगद ५ हजार ३ हजार सहित उपहार स्वरुप लोकल कुखुराको भाले प्रदान गरेका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा उद्घघाटन गरिएको “धरान डे” को अवसरमा नगर सरसफाई, फुटबल, साईकल र्याली, बहुभाषिक कविता गोष्ठी, जातिय नृत्य, धरानको पर्यटनबारे कार्यपत्र समेत प्रस्तुत गरिएको थियो।