बहुभाषिक कविता गोष्ठीमा पाँच कविता उत्कृष्ट

दिव्य रोशनी(धरान)/ धरान ८ को अवसरमा आज बुधवार बहुभाषिक कविता गोष्ठीको आयोजना गरिएको छ।
धरान प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बहुभाषिक कविता गोष्ठीमा उत्कृष्ठ ठहरिएका कवितालाई जनही नगद ७ हजार ५ सयको दरले पुरस्कृत गरिएको थियो ।
गोष्ठीमा प्रर्मिला मुकारुङको बान्तवा भाषाको कविता “गाउँमा अचेल”, सेम्माङ याक्खाको याक्खा भाषाको कविता “समावेशी गीतहरु”, इन्दु योञ्जनको तामाङ भाषाको कविता “बहुभाषिक सुन्दरता”, प्रदिप मेन्याङ्बाको लिम्बु भाषाको कविता “माङ्गेना र भोजराज श्रेष्ठको नेवारी भाषाको कविता “छेपारे प्रवृत्ति” उत्कृष्ट ठहरिएको थियो। विजेता कविहरुलाई उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी, आयोजक प्रज्ञा प्रतिष्ठानका संयोजक अम्बिका सम्बाहाम्फे, साहित्यकार डा.गोपाल भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए।
वम देवान, महानन्द तिम्सिना र हर्ष सुब्बा निर्णायक रहेको बहुभाषिक कविता गोष्ठीमा विभिन्न ११ जातिको भाषामा लेखिएका कविताहरु वाचन गरिएको थियो।