विजय बम्बुले राईको “किराती हामी” म्युजिक भिडीयो सार्वजनिक

दिव्य रोशनी(धरान)/ धरानका गायक विजय बम्बुले राईकोे “किराती हामी” बोलको म्युजिक भिडीयो सार्वजनिक गरिएको छ।
आज बुधवार धरानमा आयोजित एक कार्यक्रम बीच गायक राईको उक्त म्युजिक भिडीयो गायक डिल्ली फोम्बोले सार्वजनिक गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गायक फोम्बोले जातीय गीत गाउदा हिजो जातीवादी भनेपनि अहिले जातीय गीतहरुप्रति हेर्ने दृष्टिकोण बदलिएको बताए। उनले किरातीहरुको संस्कार संस्कृति गीत मार्फत् नयाँ पुस्तामा हस्तान्तरण भएको समेत बताए। यसैगरी कार्यक्रमका विशेष अतिथी पत्रकार हर्ष सुब्बाले मोफसलका गायक विजय बम्बुले राम्रा गायक भएपनि ओझेलमा परेको बताए। उनले यस गीतले किराती संस्कृतिलाई उजागर गरेको समेत बताए।


कार्यक्रममा म्युजिक भिडीयो निर्माणका लागि सहयोग गर्ने १९, १० र१३ नं वडा कार्यालयका सचिवहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो। गायक बम्बुलेको शब्द तथा निर्देशन रहेको सो गीतलाई पावल चाम्लिङ राईले एरेन्ज गरेका हुन् भने एडम लिम्बुले सम्पादन तथा छायांकन गरेका हुन्। सो म्युजिक भिडीयो गायक राईको यु ट्युब च्यानल विजय बम्बुले राई मार्फत् सार्वजनिक गरिएको छ।