३५ सय रुपैया मै धरान फन फ्लाईट गर्न पाईने

दिव्य रोशनी(धरान)/ अब ३५ सय रुपैया मै धरान फन फ्लाईट गर्न पाईने भएको छ।
धरान होलिडेजले धरान डे को अवसरमा ३५ सयमा धरान फन फ्लाइट शुरु गरेको हो।धरान होलिडेजले यस भन्दा अघि ५ हजारमा धरान फन फ्लाइट गर्दै आएको थियो।
धरान१६ स्थित धरान रंगशालाबाट हुने धरान फन फ्लाइट दिउसो १२ बजे देखि हुनेछ। यसैगरी ताप्लेजुङको पाथीभरा मन्दिरमा जाने दर्शानार्थीहरुका लागि यस भन्दा अघि ३२ हजारमा उडान भर्दै आएकोमा यो धरान डे अवधिभर २८ हजारमा उडान भर्ने धरान होलिडेजका मार्केटिङ प्रमुख कविन श्रेष्ठले जानकारी दिए। उनले धरान फन फ्लाइट र पाथीभरा मन्दिर दर्शनको लागी हेलिप्याडमै पुगेर पैसा तिरे पनि हुने अथवा धरान उत्सवको स्टलमा गएर बुकिङ गर्न पनि सकिने पनि जानकारी दिए ।