तिनदिने धरान डे शुरु

दिव्य रोशनी(धरान)/ आज मंगलवारदेखी तिनदिने धरान डे शुरु भएको छ।
धरान स्थापना भएको १ सय २१ औं बर्षको अवसरमा आयोजना गरिएको तीन दिने धरान डे को उद्धघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन्। उनले धरान दिवस २०७८ लेखिएको ब्यानर सहितको बेलुन उडाएका थिए भने केकसमेत काटेर उत्सवको उद्घघाटन गरेका थिए।
कार्यक्रमका प्रमुखअतिथी समेत रहेका प्रधानमन्त्रि देउवाले धरान स्थापना दिवसको अवसरमा शुभकामना दिदै धरानको विकाश निमार्णमा साथ र सहयोग रहने बताए। उनले विपी प्रतिष्ठानभित्रको समस्याका निराकरण चाडै नै गरिने समेत बताए। यसैगरी कार्यक्रममा प्रदेश १ का प्रमुख पर्शुराम खापुङ, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रदेश सभामुख प्रदिपकुमार भण्डारी, संघीय सांसद जयकुमार राई, कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बे लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए।


कार्यक्रममा धरानका पूर्व नगरप्रमुखहरुलाई मरणोपरान्त सम्मनपत्रले सम्मान गरिउको थियोभने विभिन्न सामाजिकक्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई कदरपत्र समेत प्रदान गरिएको थियो।यसैगरी पोखरा उप–महानगरपालिका संग धरान उप–महानगरपालिकाले गरेको भगिनी सम्बन्धको नविकरण समेत गरिएको थियो। उप–महानगरपालिकाका उप मेयर मञ्जु भण्डारीको स्वागत मन्तव्य रहेको सो उद्धघाटन कार्यक्रम मेयर तिलक राईको अध्यक्षतामा सम्पन्न भएको थियो।
धरान १२ स्थित पब्लिक हाईस्कुलको खेलमैदानमा आयोजित उत्सवमा विभिन्न व्यापारिक स्टलहरु राखिएका छन्भने हरेकदिन विभिन्न सांगितीक, साहित्य र खेलकुदका कार्यक्रमहरु हुने उप–महानगरपालिकाले जनाएको छ।