सोमबार ३२६ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा सोमवार थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय पिसीआर परिक्षण गर्दा २ सय ९१ जना र २ हजार ७ सय ९८ एन्टिजेन परिक्षणबाट गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ५५ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख १२ हजार ६ सय ७४ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ५ हजार ५ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा २ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ९८ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।