धरान जेसीज प्रथम महिला समूहद्धारा विद्यार्थीहरुलाई स्वेटर र शैक्षिक सामाग्री बितरण

दिव्य रोशनी(धरान)/ धरान जेसीज प्रथम महिला समूहले धरान– २० विष्णपादुका स्थित सुलिकोट आधारभूत विधालयका विद्यार्थीहरुलाई जाडोको स्वेटर र शैक्षिक सामाग्री बितरण गरेको छ।
आज शुक्रवार जेसीज प्रथम महिला समूहले धरान २० सुलिकोट आधारभूत विधालयमा अध्ययनरत २२ जना विधाथीहरुलाई एक÷एक थान स्वेटर, विस्कुट र शैक्षिक सामाग्री वितरण गरेको हो। धरान जेसीजका विभिन्न वर्षका अध्यक्षहरुको श्रीमतिहरुले सामुहिक रुपमा सामाजिक सेवा गर्ने उदेश्यले स्थापित प्रथम महिला समुहका अध्यक्ष अनिता श्रेष्ठ (पलिखे)को अध्यक्षतामा, संस्थापक अध्यक्ष रेवा श्रेष्ठ, धरान–२० का वडाअध्यक्ष मणिराम राई, वडा सदस्य फूलमाया तामाङ, धरान जेसीजका अध्यक्ष मणिराज अधिकारी, तालिम निर्देशक सन्जु राई , उपाध्यक्ष ईन्द्र बहादुर कार्की, विद्यालयका प्रधानाध्यापक सुमित्रा तामाङको उपस्थितिमा उक्त सामाग्री बितरण गरिएको हो। समुहले यस अधि पनि धरान सहित सुनसरीका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री बितरण, निःशुल्क स्वास्थ्य शिविरका साथै बाढीपहिरो पिडित, असहाय वृद्ध–वृद्धा र लकडाउनको मारमा परेकाहरुलाई समेत सहयोग गर्दै आएको छ।