भेडेटारमा तीन दिने फुड फेष्टिवल शुरु

दिव्य रोशनी(धरान)/ आज शुक्रवारदेखी भेडेटारमा तीन दिने फुड फेष्टिवल शुरु भएको छ ।
होटल एशोसिएसन भेडेटारले अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरेको ९ औं फुड फेष्टिवलको उद्घघाटन प्रदेश १ का भौतिक योजना तथा पूर्वाधार मन्त्री हिमाल कार्कीले गरेका छन्। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री कार्कीले उद्घाटन समारोहलाई सम्बोधन गर्दै भेडेटारको पूर्वाधार विकासको लागि प्रदेश सरकार सँधै प्रतिबद्ध रहेको बताए। उनले १ नं प्रदेशको समृद्धिको आधार कृषि र पर्यटन नै भएकाले कृषिलाई आधुनिकीकरण गरेर व्यवसायीकरण गरिने र पर्यटनलाई प्रवद्र्धन गरी १ नं. प्रदेशलाई समृद्धि बनाउन सकिने बताए। उनले भने “पर्यटनको अत्यन्तै सम्भावना रहेको १ नं.प्रदेशमा विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा र नेपालको सबैभन्दा होचो झापाको केचना पनि रहेको छ।”
सोहीक्रममा मन्त्री कार्कीले भेडेटार नेपालको प्रमुख गन्तव्य बन्न सक्ने बताए। उनले भेडेटारको मनमोहक सौन्दर्यता कारण भडेटारलाई पर्यटकिय हव बनाउन प्रदेश सरकारको पनि सहयोग रहने बताए। यसैगरी कार्यक्रममा साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष कुमार जंग याक्खाले भेडाटारको पर्यटनलाई सुदृढिकरण गर्न गाउँपालिका अगाडी बढिरहेको बताए। उनले भेडेटारको पर्यटन प्रवद्र्धनका लागि प्रदेश र संघिय सरकारसंँग गाउँपालिकाले पहल गरिरहेको समेत बताए।
त्यस्तै साँगुरीगढी गाउँपालिका ६ नं वडाअध्यक्ष याम बहादुर मगरले भेडेटारको पर्यटन प्रवद्र्धनमा अझै धेरै गर्न बाँकी भएपनि स्थानिय सरकारको हैसियतले भ्याएसम्म गाउँपालिकाले सहयोग गर्दै आएको बताए।
कार्यक्रममा होटल एशोसिएसन अफ भेडेटारका निवर्तमान अध्यक्ष तथा समाजवादी पार्टी साँगुरीगढीका अध्यक्ष लिलाराज लावती, होटल एशोसिएसन १ नं प्रदेश सचिव बासुदेव बराल, नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साह, नेकपा माओवादी केन्द्र साँगुरीगढीका अध्यक्ष जगत बहादुर राई लगायतले बोलेका थिए।


कार्यक्रममा भेडेटारको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नुहुने पत्रकारद्धय दिव्य रोशनी साप्ताहिक धरानका सम्पादक प्रकाशक मनिता चाम्लिङ र हिमालय टाईम्स धनकुटाका संवाददाता खगेन्द्र अधिकारिलाई जनही नगद ५ हजार सहित सम्मानपत्रले सम्मान समेत गरिएको थियो। आयोजक संस्थाका सल्लाहकार नरबहादुर चेम्जोङको संचालनमा रहेको उद्धघाटन कार्यक्रमको अध्यक्षता आयोजक संस्था होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले गरेका थिए। फेष्टिवलको उद्घघाटनमा किरात राई यायोक्खा चौबिसेका टोलीले साकेला नृत्य प्रस्तुत गरेका थिएभने किरात याम्फु समाज साँगुरीगढीबाट ले लाङ र किरात याक्थुङ चुम्लुङ सागुरीगढीबाट के लाङ नृत्य समेत प्रस्तुत गरिएको थियो। यसैगरी फेष्टिवल उद्घाटनको अवसरमा हेलिकप्टरबाट पुष्प वृष्टि समेत गरिएको थियो।


तीन दिनसम्म हुने फेष्टिवलमा विभिन्न जात जातिका खाद्य परिकारका स्टलहरू रहेका छन्भने फेस्टिवलमा आउने पाहुनालाई बस्नको लागि भेडेटारका होटलहरुले १० प्रतिशत छुटदिने भएको छ। फेस्टिबलमा जिप लाईन, प्याराग्ल्याईडिङ र हेलिकप्टरबाट भेडेटार फन टुर विशेष आकर्षण रहेका छन्। जसमा महोत्सव अवधीभर प्याराग्लाईडिङमा ३० प्रतिशत, हेलिकप्टर फन टुरमा १० प्रतिशत र जिपलाईनमा १५ प्रतिशत छुट रहेको छ। यसका साथै मुलघाटदेखि सुनसरीको चतरासम्म तमोर नदिमा ¥याफ्टीङ सेवा तथा पाथिभरा मन्दिर, नमस्ते झरना लगायत ऐतिहासिक साँगुरीगढि घुम्ने र आसपासको क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रसम्म पुग्ने प्याकेज रहेको छ।