विहिबार २४१ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय १४ पिसीआर परिक्षण गर्दा २ सय ३५ जना र २ हजार ८३ एन्टिजेन परिक्षणबाट गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय २८ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ११ हजार ७ सय ४६ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ७१ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा कुनैपनि मृतकमा कोरोना संक्रमण पुष्टि भएको छैन। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ९० जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।