मंगलबार २६४ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ३६ पिसीआर परिक्षण गर्दा २ सय ४१ जना र ४ हजार ३० एन्टिजेन परिक्षणबाट गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ६० जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ११ हजार २ सय ६५ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय १० रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप मृतक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ८८ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।