आईतबार २१९ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा आईतवार थप २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ८० पिसीआर परिक्षण गर्दा २ सय १३ जना र २ हजार ४ सय ९७ एन्टिजेन परिक्षणबाट गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ८३ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख १० हजार ७ सय ८० पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ६ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप मृतक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ८५ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।