बुधबार २३६ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ६६ पिसीआर परिक्षण गर्दा २ सय १७ जना र ४ हजार ४३ एन्टिजेन परिक्षणबाट गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ७२ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ९ हजार ६ सय ५९ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ८५ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप मृतक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ७९ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।