मंगलबार २९० जनामा कोरोना संक्रमण पुष्टिः ३ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ७३ पिसीआर परिक्षण गर्दा २ सय ५२ जना र ४ हजार ६ सय १६ एन्टिजेन परिक्षणबाट गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ३२ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ९ हजार ३ सय ८७ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ४२ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप मृतक ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ७७ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।