सोमबार २२० जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा सोमवार थप २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय २५ पिसीआर परिक्षण गर्दा २ सय १८ जना र १ हजार ४ सय १६ एन्टिजेन परिक्षणबाट गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ६३ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ९ हजार १ सय ५५ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप मृतक १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ७४ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।