आईतबार १८१ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा आईतवार थप १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ३१ पिसीआर परिक्षण गर्दा १ सय ३३ जना र ५ हजार ४१ एन्टिजेन परिक्षणबाट गर्दा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ८९ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ८ हजार ८ सय ९२ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ७१ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप मृतक १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ७३ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।