युनिक धरान स्नुकर च्याम्पियनको उपाधी बाल कुमारलाई

दिव्य रोशनी(धरान)/ बालकुमार लिम्वुले युनिक धरान स्नुकर च्याम्पियनको उपाधि जितेका छन्।
धरान २, चिमल स्नुकरका लिम्बुले वेस्ट स्नुकर हाउस धरान १९ का गणेश गुरुङलाई पराजित गर्दैै उपाधि जितेका हुन् । वेस्ट अफ इलेभेन खेलाइएको फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक भएको थियो । दुवैले वरावर ५–५ खेल जिते पछि अन्तिम वेस्ट अफ इलेभेन खेलमा गुरुङलाई पराजित गर्दै लिम्वु विजयी भएका हुन्। विहान ११ वजे देखि सुरु भएको खेल साँझ ७ बजे मात्र सकिएको थियो।
विजेता लिम्वुले नगद तिस हजार रुपैया सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरे। उपविजेता गुरुङले नगद २० हजार सहित ट्रफि र मेडल हात पारे। व्यक्तिगत उपाधि तर्फ धरान १२ का दोर्जे पाख्रिन हाइएस्ट व्रेकर घोषित भए । उनले ३८ अंक जोडेर हाइएस्ट वे्रकर उपाधि जित्न सफल भएका हुन्। उनले उपाधि संगै नगद १० हजार रुपैया र ट्रफि प्राप्त गरे । विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान ५ नं. वडाका पुर्व वडाध्यक्ष सन्तोष लिम्वु र कार्यक्रमका सभाध्यक्ष तथा आयोजक युनिक पुलहाउस तथा खाजा घरका संचालक चन्द्र लिम्वुले पुरस्कार वितरण गरेका थिए।


धरान ५ देउरालि स्थित युनिक पुल हाउस तथा खाजा घरको आयोजनामा गत भदौ २३ गते देखि प्रतियोगिता सुरु भएको थियो। प्रतियोगितामा धरान भरिका ५२ जना खेलाडिहरुले सहभागिता जनाएका थिए।

9 thoughts on “युनिक धरान स्नुकर च्याम्पियनको उपाधी बाल कुमारलाई

टिप्पणीहरू are closed.