विहिबार १८४ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३० पिसीआर परिक्षण गर्दा १ सय ६० जना र ३ हजार ७ सय ८८ एन्टिजेन परिक्षणबाट गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ६७ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ८ हजार ८३ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय २६ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप मृतक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ६७ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।