सेउती खोला कटान रोक्न सुन्दर बस्तीलाई तिनसय थान जाली

दिव्य रोशनी(धरान)/ धरान ५ सुन्दर बस्तिको लागि तिनसय थान तारजाली ल्याएको छ।
सुन्दर बस्ती तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष पासाङ शेर्पाका अनुसार वर्षेनी रुपमा सेउती खोलाबाट बाढिले कटान भैरहने सुन्दर बस्तिको लागि तीन सय थान जाली ल्याएको बताए । अध्यक्ष शेर्पाले बस्तिको लागि जलाधार ब्याबस्थापन कार्यक्रम गर्न बिराटनगरमा माग गरेपछि उक्त जाली उपलब्ध भएको बताए । उपलब्ध भएको जाली सबै ल्याईसकेको छ। जालिमा ढुंगा हाल्ने काम पौष १ गतेबाट हुने पनि शेर्पाले जानकारी दिए ।
सुन्दर बस्तिलाई पुर्वबाट अँधेरी खोलाले कटान गरिरहेको छ भने पश्चिमबाट सेउती खोलाले कटान गरिरहेको छ। बर्खायाममा यसरी कटान गर्दा कयौ घरपरिवार बिस्थापित भएको छ । हाल प्राप्त भएको उक्त जाली पश्चिमपट्टी सेउती खोलामा लगाउने तयारी भएको छ । वडा नम्बर ५ सुन्दर बस्ती बाटोमुनी रहेका जम्मा १ सय ३५ घरलाई सो जालिले तत्काल केही राहत मिल्ने उनले बताए ।
चालू आर्थिक वर्षमा धरान उपमहानगरपालिकाबाट करिडोरको लागि ३० लाख सो क्षेत्रको लागि विनियोजन भएको पनि जानकारी दिए।