सोमबार ३४१ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा सोमवार थप ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय १६ पिसीआर परिक्षण गर्दा ३ सय १३ जना र २ हजार ८ सय २० एन्टिजेन परिक्षणबाट गर्दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय ७६ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ७ हजार १ सय ५४ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २४ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप मृतक ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ५७ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।