शुक्रबार २५९ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा शुक्रवार थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ७२ पिसीआर परिक्षण गर्दा २ सय ३२ जना र ४ हजार १५ एन्टिजेन परिक्षणबाट गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय ३७ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ६ हजार २ सय ३७ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ९७ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप मृतक ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ५२ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।