विहिबार २११ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १८ पिसीआर परिक्षण गर्दा १ सय ९७ जना र १ हजार ६४ सय ३३ एन्टिजेन परिक्षणबाट गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय २९ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ५ हजार ९ सय पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप मृतक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ४९ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।