बुधबार २८० जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ६८ पिसीआर परिक्षण गर्दा २ सय ५५ जना र ३ हजार ६ एन्टिजेन परिक्षणबाट गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय ६६ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ५ हजार ५ सय ७१ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ३९ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप मृतक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ४७ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।