शुक्रबार २४६ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा शुक्रवार थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय पिसीआर परिक्षण गर्दा २ सय २३ जना र १ हजार ४ सय ३६ एन्टिजेन परिक्षणबाट गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय ४७ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ३ हजार ७ सय १६ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय २१ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा कुनैपनि मृतकमा कोरोना पुष्टि भएको छैन। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ३५ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।