विहिबार ३१५ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ११ पिसीआर परिक्षण गर्दा २ सय ९८ जना र १ हजार ८ सय ९२ एन्टिजेन परिक्षणबाट गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय १ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ३ हजार ३ सय ६९ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय ४५ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ३५ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।