बुधबार ३१६ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय १९ पिसीआर परिक्षण गर्दा २ सय ८५ जना र १ हजार ८ सय ८ एन्टिजेन परिक्षणबाट गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ५९ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ३ हजार १ सय ६८ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ५४ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय २९ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।