मंगलबार २५५ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय २९ पिसीआर परिक्षण गर्दा २ सय ४५ जना र २ हजार १ सय ४० एन्टिजेन परिक्षणबाट गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय ५६ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख २ हजार ९ सय ९ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ३१ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय २६ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।