महेन्द्र बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियनको ६ बुँदे माग

दिव्य रोशनी(धरान)/ महेन्द्र बहुमुखी क्याम्पस धरानले बिमा शिर्षकमा शुल्क लिने सेवा सुबिधा नदिएको भन्दै समाजवादी विद्यार्थी युनियनले क्याम्पस प्रशासनमा ध्यानाकर्षण पत्र बुझाएको छ।
सोमबार जनता समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस धरानका इकाई अध्यक्ष युवराज राई (अलौकिक) र सचिब स्निता सिङ्गकद्वारा संयुक्त हस्ताक्षरित प्रेस बिज्ञप्ति जारी गर्दै भनिएको छ “महेन्द्र बहुमुखी क्याम्पस धरानले विद्यार्थीहरुको भर्ना शुल्कमा हरेक बर्ष स्वास्थ्य बिमा शिर्षकमा ५०० रुपैया शुल्क लिरहेको भएता पनि त्यस बिमा मार्फत पाउने सेवा सुबिधाबाट विद्यार्थीहरु बञ्चित भैरहेका छन।”
यस बिषयमा गत भदौ २३ गते क्याम्पसमा ध्यानाकर्षण गरिएको भन्दै तत्काल सम्बन्धित निकायसँग समन्वय गरि बिमा सेवा सम्झौता कार्यान्वयन गर्न माग गरेको छ ।युनियनले ६ बुँदे मागमा खेलकुद सामग्री उपलब्ध गराउनुपर्ने क्याम्पस परिसर सरसफाइ गरिनुपर्ने, विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने तथा कक्षाकोठा ब्याबस्थापन गर्न माग गरिएको छ।
बिज्ञप्तिमा छ बुँदे मागलाई तत्काल कार्यान्वयन नगरे आन्दोलन गर्ने पनि युनियनले चेतावनी दिएको छ।