सोमबार २५९ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा सोमवार थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३१ पिसीआर परिक्षण गर्दा २ सय ४३ जना र २ हजार ६ सय ५७ एन्टिजेन परिक्षणबाट गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय ६४ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख २ हजार ६ सय ५३ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ४४ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय २४ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।