आईतबार १५८ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा आईतवार थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४ पिसीआर परिक्षण गर्दा १ सय ५४ जना र २ हजार ३ सय १४ एन्टिजेन परिक्षणबाट गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय ४२ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख २ हजार ३ सय ८९ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ६६ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय २३ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।