हिमालयन महायान देछेन छोलिङ गुम्बाको ४६ औ वार्षिक साधारण सभा सम्पन्न

(दिव्य रोशनी)/ हिमालयन महायन देक्षेन छोलिङ गुम्बा धरानको ४६ औ वार्षिक साधारण सभा आज शुक्रबार सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर १८ स्थित गुम्बाको सभा हलमा वडा अध्यक्ष प्रबिन (नरेन्द्र) राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रममा गुम्बा व्यावस्थापन समितीका अध्यक्ष ङावालप्टु लामा शेर्पाले गुम्बाका प्रमुख लामा दोर्जी लोपेन निमा वाङ्दी सहित आर्थिक जिन्सी सहयोग गर्ने विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको बताए । उनले गुम्बामा आजिवन सदस्य थपिने क्रम जारी भएसंगै सदस्यता वितरण गरिएको बताए। गुम्बाको आजिवन सदस्यता शुल्क १० हजार ५ सय ५५ रुपैया बुझाएपछि तीन पुस्ताको लागि आजिवन सदस्य प्राप्त हुने कुरा अध्यक्ष शेर्पाले बताए । हाल यस गुम्बाको २४६ जना आजिवन सदस्य रहेका छन।
कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष राईले गुम्बालाई २५ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेका थिए । उनले वडा कार्यालयबाट गत साल दुई लाख र चालू आर्थिक वर्षमा २ लाख पचास हजार विनियोजन भएको जानकारी दिए।बन्द सत्रमा गुम्बाका सचिब दातेन्जी शेर्पाले वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनलाई सभाले पारित गर्दै आगामी वर्षको कार्ययोजनाको प्रस्तावमा छलफल भएको छ।
२०३० सालमा बुद्धिष्ट एसोसिएसन नामक संस्था दर्ता गरि सोलु केरुङका पासङ शेर्पाले नगद एक हजार सहित डेढ कठ्ठा जग्गा प्रदान गरेपछि त्यहाँ गुम्बाको स्थापना भएको थियो। २०४७ सालमा गुम्बालाई सुनसरी जिल्ला प्रशासन कार्यालयमा बिधिवत रुपमा दर्ता गरि २०५८ सालमा पुननिर्माण गरिएको हो ।