शुक्रबार २७० जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा शुक्रवार थप २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय २९ पिसीआर परिक्षण गर्दा २ सय ४२ जना र २ हजार ६ सय १७ एन्टिजेन परिक्षणबाट गर्दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय २ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख १ हजार ७ सय २२ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ८७ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय १८ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।