खेलाडी छनौट प्रतियोगिताका लागि धरान रंगशाला कर्भडहल मर्मतसंभार हुदै

दिव्य रोशनी(धरान)/ आगामी असोज २८ गते देखि पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ खेलाडि छनौट गर्न प्रतियोगिता स्थल धरान रंगशाला कर्भडहल मर्मत संभार सुरु भएको छ ।
प्रदेश १ खेलकुद बोर्ड, धरान १६ र १८ नं वडा कार्यालयको सहयोगमा मर्मत संभार शुरु भएको हो । कर्भडहलको केहि थान छानो उज्यालोको लागि ट्रान्सपरेन्ट लगाइने, चेन्जिङ रुम, वाथरुम र हलको झ्याल मर्मत गरिने र प्mलोर रंगाइने भएको छ । हलमा वढि टिनको मात्रा प्रयोग भएको कारण ज्यादा गर्मि हुने भएकोले हलको दाया वायाको माथिल्लो भागको केहि भाग खोलिने सुनसरी खेलुकुद विकास समितिका अध्यक्ष दिपक राईले जनाए ।
धरानमा मात्र ६ खेलको प्रदेश १ खेलाडि छनौट प्रतियोगिता हुदैछ त्यस मध्ये बास्केटवल महिला पुरुष, कराते र जुडो खेल धरान १६मा रहेको धरान रंगशाला परिसरमा रहेको कर्भडहलमा हुँदैछ । बाकि खेल वक्सिङ, वुद्धिचाल र साइक्लिङ धरानको अन्य खेल स्थलमा हुनेछ।
केहि समय अघि प्रदेश १ खेलकुद वोर्ड सदस्य सचिव हंसराज वाग्ले, सदस्य रोशनी राई, सुनसरी खेलकुद विकास समिति अध्यक्ष दिपक राई, १६ न. वडाध्यक्ष मुरारि भट्टराई र १८ न. वडाध्यक्ष प्रविण राई, कराते संघ सुनसरी अध्यक्ष कुबेर राई, बक्सिङ संघ सुनसरीका अध्यक्ष बिकास गुभाजु ,प्रदेश १ बास्केटबल प्रशिक्षक बिकाश चाम्लिङ राई लगायतले धरान रंगशाला कर्भडहलको अवलोकन गरेका थिए । प्रतियोगिताका लागि हल मर्मत संभार गर्नु पर्ने प्रशिक्षकहरुले सल्लाह दिएपछि कर्भडहल मर्मतसंभार गरिएको हो। केहि दिन अघि मात्र लायन्स हेल्पिङ ह्याण्ड्स धरान, बास्केटवल संघ र जुडो संघ सुनसरीले संयुक्त रुपमा धरान रंगशाला कर्भडहल परिसर सरसफाइ गरेका थिए ।
धरान रंगाशाला कर्भडहलमा यही भदौ २९ देखि अशोज ८ गते सम्म प्रदेश १ प्रतियोगिता छनौट प्रतियोगिता हुनेछ।

7 thoughts on “खेलाडी छनौट प्रतियोगिताका लागि धरान रंगशाला कर्भडहल मर्मतसंभार हुदै

टिप्पणीहरू are closed.