बुधबार ३३२ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ९० पिसीआर परिक्षण गर्दा ३ सय ५ जना र २ हजार ३ सय ३० एन्टिजेन परिक्षणबाट गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ३२ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख १ हजार १ सय २२ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ६९ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय १३ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।