आईतबार २३८ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा आईतवार थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ४५ पिसीआर परिक्षण गर्दा २ सय ३२ जना र १ हजार ३ सय ७८ एन्टिजेन परिक्षणबाट गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय ७० जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ३ सय ५९ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ६४ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय ९६ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।