शुक्रबार २९६ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा शुक्रवार थप २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७ सय ७७ पिसीआर परिक्षण गर्दा २ सय ७१ जना र १ हजार १ सय ९५ एन्टिजेन परिक्षणबाट गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय ६९ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ९९ हजार ५ सय ४५ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय ३९ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय ९४ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।