कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं १ मा सुजेन्द्र तामाङ समुहको उम्मेद्वारी घोषणा

दिव्य रोशनी(धरान)/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन लागेको सुनसरी क्षेत्र नं १ मा सुजेन्द्र तामाङको समुहले उम्मेद्वारीको घोषणा गरेको छ।
बिहिबार धरान १५ स्थित होटल धरान किचनमा आयोजित पत्रकार सम्मेलनमा तामाङ सहितको प्यानलले उम्मेद्वारी घोषणा गरेको हो। क्षेत्र नं १ को सभापतिमा सुजेन्द्र तामाङले उम्मेद्वारी घोषणा गरेका छन्भने सचिवमा महेन्द्र प्रधान र केशव पुरी, सहसचिवमा भोजकुमार न्यौपाने र सुमित राईको उम्मेद्वारी घोषणा गरिएको छ। कांग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको निर्वाचन मंसिर ७ गते हुँदैछ।
यसैगरी पत्रकार सम्मेलनमा प्रदेशसभा सुनसरी १ (१) तर्फ सभापतिमा अनिल श्रेष्ठको उम्मेद्वारी घोषणा गरिएको छभने उपसभापतिमा प्रदिप शाक्य र झुमा राई, सचिवमा युवराज शंकर र राजेन्द्र राईले उम्मेदवारी घोषणा गरेका छन्भने सह सचिवमा हरिप्रसाद ओझा र रमिता श्रेष्ठको उम्मेद्वारी घोषणा गरिएको छ।


त्यस्तै प्रदेशसभा, सुनसरी १ (२) को सभापतिमा मुरारी भट्टराईको उम्मेद्वारी घोषणा गरिएको छभने उपसभापतिमा चन्द्र बहादुर मगर (अनिल) र डिल्लीसेर राई उम्मेद्वार रहेका छन्भने सचिवमा विजय घिमिरे र राजेन्द्र खड्का उम्मेद्वार रहेका छन् । यस्तै, सहसचिवमा रोहित काफ्ले र मञ्जु राईको उम्मेद्धवारी घोषणा गरिएको छ।
कार्यक्रममा कांग्रेस धरान नगरका सभापति श्याम पोख्रेलले उम्मेद्वारहरुको नामावली घोषणा गरेका थिएभने प्रदेशसभा सदस्य चन्द्र प्रसाद श्रेष्ठले फुलमाला लगाएर बधाई तथा शुभकामना दिएका थिए।