महिला संजाल धरानको अध्यक्षमा सपना राई

दिव्य रोशनी(धरान)/ महिला संजाल धरानको अध्यक्षमा सपना राई चुनिएका छन्।
संजालको शनिवार सम्पन्न छैंटौ अधिवेशनले सपना राईलाई सर्वसम्मत अध्यक्षमा चुन्दै १७ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्षमा यशोदा कायस्थ, उपाध्यक्षद्वयमा सावित्री इवारम, निर्मला शाक्य,सचिवमा इन्द्रकला राई, सह–सचिवद्वयमा शकुन्तला भुसाल, निर्मला रिजाल, कोषाध्यक्षमा कुमारी राई र सह–कोषाध्यक्षमा कल्पना शेर्पा रहेका छन्।यसैगरी सदस्यहरुमा क्रमशः मधु स्थापित, उत्तरा शाक्य, बिना राई, मनिता चाम्लिङ, सीता विश्वकर्मा, पूजा विमली, मञ्जु शाक्य र रेखा कार्की रहेका छन्।
अधिवेशनले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदभने निर्वाचन प्रक्रियाबाट चयन गरेको थियो। ३३ मतदाता संख्यामध्ये चुनावी प्रकृयामा ३० मत झरेको थियो। जसमा वरिष्ठ उपाध्यक्ष पदमा यशोदा कायस्थ र कोपिला भट्टराईले उम्मेदवारी दिएकोमा कायस्थले २३ मत प्राप्त गरेकी थिईन् भने भट्टराईले ६ मत प्राप्त गरेकी थिइन्। जसमा १ मत बदर भएको थियो। यस्तै उपाध्यक्ष पदका लागि सावित्री ईवारम, लहरु माया जिमी र निर्मला शाक्यले उम्मेदवारी दिएकोमा इवारम र शाक्य विजयी भएका थिए।
सञ्चारकर्मी तथा अभियन्ता मोहन श्रेष्ठ प्रमुख निर्वाचन आयुक्त रहेको उक्त अधिवेशनका अन्य सदस्यमा नेपाल रेडक्रस सोसाइटी सुनसरीका सुजाता श्रेष्ठ र महिला संजाल धरानका पूर्व अध्यक्ष मिना पुलामी रहेका थिए।
अधिवेशन अघि उघद्धाटन सत्रको कार्यक्रममा प्रमुख अतिथि १३ नम्बर वडाका अध्यक्ष नेत्र प्रसाद काफ्ले रहेका थिए। उनले संजालका महिलाहरु एक भएर अघि बढ्न सुझाव दिंदै देशको नेतृत्व सम्हाल्न सक्ने क्षमता भएको समेत बताएका थिए। यसैगरी नेरेसो सुनसरीका सभापति उमेश थापा, महिला संजालका पूर्व अध्यक्षहरु गंगा पौडेल,मिना पुलामी, शिला बजार्य, सबिता राई लगायतले पीडितहरुको हक, हितमा काम गर्न घरको संघार काटेर निस्केका महिलाहरुले देशको नेतृत्व समेत सम्हाल्न सक्ने बताए।
कार्यक्रममा कोषाध्यक्ष शकुन्तला भुसालले आर्थिक प्रतिवेदन र सचिव लहरुमाया जिमीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। सो कार्यक्रम चेतना श्रेङको अध्यक्षतामा सम्पन्न भएको थियो।

8 thoughts on “महिला संजाल धरानको अध्यक्षमा सपना राई

टिप्पणीहरू are closed.