बुधबार ४१२ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय ६ पिसीआर परिक्षण गर्दा ३ सय ६३ जना र १ हजार ८ सय ८७ एन्टिजेन परिक्षणबाट गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय २ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ९८ हजार ९ सय १६ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ३६ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय ८३ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।