मंगलबार ३७७ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ५ पिसीआर परिक्षण गर्दा ३ सय ३९ जना र २ हजार ६ सय ४४ एन्टिजेन परिक्षणबाट गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर १ सय ७० जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ९८ हजार ७ सय १४ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ७६ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय ८२ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।