आईतबार ३०६ जनामा कोरोना संक्रमण पुष्टिः ६ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा आईतवार थप ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ पिसीआर परिक्षण गर्दा २ सय ९१ जना र १ हजार ५ सय ९८ एन्टिजेन परिक्षणबाट गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय ४८ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ९८ हजार २ सय ७४ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ७ हजार २ सय १५ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय ७७ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।