शनिबार २९५ जनामा कोरोना संक्रमण पुष्टिः २ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा शनिवार थप २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ पिसीआर परिक्षण गर्दा २ सय ६० जना र ३ हजार १८ एन्टिजेन परिक्षणबाट गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ४ सय ७८ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ९७ हजार २ सय २६ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ७८ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय ७१ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।