होप धरानद्धारा आगलागी पीडित परिवारलाई ४५ हजार बराबरको सहयोग

दिव्य रोशनी (धरान)/ होप धरानले धरान १७ बगानटोलका अग्नी पिडीत परिवारलाई ४५ हजार बराबरको सहयोग गरेको छ।
आज शुक्रबार होप धरानले विभिन्न सहयोगी हातहरु संग समन्वय गरेर ४५ हजार बराबरको नगद तथा जिन्सी सामान सहयोग गरेको हो। सहयोग गर्नेमा होप धरानका बरिष्ठ सल्लाहकार शिव बान्तवा राईले १५ हजार बराबरको १४ थान जस्तापाता, ३५ सय बराबरको चामल सहयोग प्रदान गरेका छन्। यसैगरी होप धरानका हङकङ ओभरसिज एड्भाईजर सुनिल लिम्बु तथा ममता रसाईली लिम्बुले आफ्नो बुवाको वार्षिक पूण्य तिथीमा २० हजार बराबरको ३÷३ थान डसना, सिरक, सिरानी, तन्ना, ओछ्याउने म्याट, साथै २ कार्टुन चाउचाउ, १ कार्टुन बिस्कुट, १० केजी आटा, ५ केजी सोयाविन प्रदान गरेका छन्।


यसैगरी सहयोगकै क्रममा धरान १८ स्थित बिर्तामोड डायग्नोष्टिक एण्ड पोलिक्लिनिक प्रालीका डाईरेक्टर नरेन्द्र देवले नगद ५ हजार ५ सय र धरान १५ नं वडाका दलित महिला सदस्य निरमाया लकान्द्रीले नगद १ हजार प्रदान गरेका थिएभने यसअघि आगलागी घटना घटेकै दिन होप धरानका अध्यक्ष निश्चल मोहन पलिखेले नगद ५ हजार र सहसचिव अनुप खतिवडाले १ बोरा चामल प्रदान गरेका थिए।
गत शुक्रबार आगलागीबाट रिमला राईको काठको घर जलेर नष्ट भएको थियो । उक्त घरमा भाडामा सिर्जना विक र महेन्द्र विकको दुई परिवार बस्दै आएका थिए।