शुक्रवार ३९७ जनामा कोरोना संक्रमण पुष्टिः ३ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा शुक्रवार थप ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ३४ पिसीआर परिक्षण गर्दा ३ सय ५५ जना र १ हजार ९ सय ३२ एन्टिजेन परिक्षणबाट गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय ८९ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ९७ हजार ४ सय ४८ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ९८ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय ६९ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।