हराईजन क्लबद्धारा आगलागी पीडित परिवारलाई आर्थिक सहयोग

दिव्य रोशनी(धरान)/ हराईजन क्लबले धरान १७ का आगलागी पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।
विहीबार आगलागीबाट पीडित भएका परिवारलाई १३ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेका हुन् । क्लबका संरक्षक, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुबाट आर्थिक संकलन गरेर आगलागीबाट विस्थापित भएका परिवारलाई रकम हस्तान्तरण गरिएको क्लबका अध्यक्ष बसन्त राईले जानकारी दिए । गत शुक्रबार आगलागीबाट रिमला राईको काठको पुरानो शैलीको घर जलेर नष्ट भएको थियो । उक्त घरमा सिर्जना विक र महेन्द्र विकको दुई परिवार भाडामा बस्दै आएका थिए । आगलागीबाट दुई परिवार विस्थापित भएका छन्।