विहिवार ३१७ जनामा कोरोना संक्रमण पुष्टिः ६ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ९ पिसीआर परिक्षण गर्दा ३ सय १ जना र ३ हजार ४४ एन्टिजेन परिक्षणबाट गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ७९ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय ३५ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय ६६ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।