आज यस्तो देखियो, धरानको छठपर्वको रौनक

(दिव्य रोशनी,धरान)/ छठ पर्वको मुख्य दिन आज बुधबार व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। भोलि उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठपर्व समापन हुनेछ ।


छठपर्वको अवसरमा आज धरानको सर्दु र सेउती खोलामा ब्रतालु तथा घुम्न जानेको घुँइचो थियो। आजको दिन विशेषतः व्रत बस्ने महिला वा पुरुषले अस्ताउँदै गरेको सूर्यलाई पोखरी, नदी वा पवित्र जलाशयमा उभिएर अर्घ दिने परम्परा छ ।कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि शुरु भएको थियो।
छठ पर्वमा व्रत गरेर सूर्यको पूजा गरे सन्तान सुख प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ।