म्याद गुज्रिएका १५ सय कार्टुन चिजबल नष्ट गरियो

दिव्य रोशनी(धरान)/ उप–महानगरपालिकाले म्याद गुज्रिएका १५ सय कार्टुन चिजबल बरामद गरी नष्ट गरेको छ।
सोमवार धरान–९ मा रहेको वि एस फुड्स एन्ड सप्लायर्समा रहेको म्याद गुज्रेका चिजबल बरामद गरी नष्ट गरेको हो। मकवानपुर हेटौडाको एसजी फुड्सद्वारा उत्पादित चिजबल म्याद गुज्रेको अवस्थामा ल्याएइपुर्याएको र फिर्ता नलगेकोले धरान उपमहानगरपालिकामा जानकारी दिएर नष्ट गरिएको सप्लायर्सका प्रोप्राइटर विकास प्रधानले बताए।


धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाको नेतृत्वमा इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, धरान उप–महानगरपालिका वातावरण महाशाखाका प्रमुख, धरान ९ का वडाध्यक्ष सहितको टोलीले अनुगमनको क्रममा ठुलो मात्रामा म्याद गुज्रेको चिजवल रहेको पाइएकोले सोमबार पहिलो चरणमा धरान ६ पानवारीमा रहेको भेन्चर वेस्ट टु इनर्जी प्रालीमा लगेर नष्ट गरिएको र बाँकी रहेको चिजवल मंगलबार नष्ट गर्ने गरी अनुगमन टोलीले सिल गरेको छ । नष्ट गरिएको चिजबल करिब ७ लाख बरावरको रहेको बताइएको छ ।

9 thoughts on “म्याद गुज्रिएका १५ सय कार्टुन चिजबल नष्ट गरियो

टिप्पणीहरू are closed.