आज छठपर्वः अस्ताउँदो सूर्यलाई पूजा गरी छठ पर्व मनाईदै

(दिव्य रोशनी,धरान)/ आज छठ पर्व, आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ ।
छठपर्वको दिन आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गरी छठपर्व मनाईदैछ । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि शुरु भएको थियो।
छठ पर्वमा व्रत गरेर सूर्यको पूजा गरे सन्तान सुख प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ।