मंगलवार ५३३ जनामा कोरोना संक्रमण पुष्टिः

(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९ सय १८ पिसीआर परिक्षण गर्दा ४ सय ४३ जना र १ हजार ८ सय १८ एन्टिजेन परिक्षणबाट गर्दा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ४ सय ८४ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ९६ हजार ३ सय ६ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १२ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय ५४ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।